झापा  / सुनसरीको देवानगन्जबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राएको ३० लाख बराबरको लत्ताकपडा बरामद गरेको छ । 

शुक्रबार बिहान २ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी)बाट खटिएको प्रहरी टोलीले सुनसरी देवानगन्ज गाउँपालिका –७ स्थित पक्की टोलबाट उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रहरीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी कपडा ल्याउँदै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको थियो । ट्रक चालक भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएको र उनको खोजतलास भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार बरामद गरिएको लत्ताकपडा र गाडीलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको छ ।