काठमाडौं  / आज (शुक्रबार) देखि दोस्रो बजारमा थप २ कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेका महालक्ष्मी लाइफ इन्स्युरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको आजदेखि सेयर कारोबार रोक्का हुने भएको हो ।

OM Sai Pathibhara Hospital

अब एकीकृत कारोबार नहुन्जेल यी कम्पनीको सेयर कारोबार रोक्का हुनेछ । यी दुईसहित हाल मर्जरमा जाने सम्झौता गरेको १७ इन्स्युरेन्स कम्पनीको सेयर कारोबार रोक्का छ ।