झापा / नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। 

तोलामा २०० रुपैयाँ घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। 

OM Sai Pathibhara Hospital

यसअघि सोमबार तोलामा १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ प्रतितोला कायम भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ थियो।