आर्थिक

    Showing 3,201-3,210 of 4,329 items.
  • प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं / शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर छापावाला सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 215 पटक पढिएको
  • जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी रहेको खुलासा

    झापा / मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । बुधबार दिउँसो १ः१० मा मुम्बई उड्न तयार रहेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट पक्राउ परेका सन्तोष लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी सङ्घमा समेत आबद्ध रहेको पाइएको छ । उनीसँगै मीना लामिछानेलाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले, प्रहरी प्रधान कार्यालयलाई नेपाल एयरलाइन्सको मुम्बई उड्न तयार रहेको उक्त जहाजमा आतङ्कवादी रहेको सूचना पठाएपछि उडान स्थगित गरेर प्रहरीले चेकजाँच गरेको थियो ।कैलालीका लामिछाने

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 444 पटक पढिएको
  • मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

    झापा / मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यो आईपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६ दशमलब ५३ गुणा बढी आवेदन हो ।कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 182 पटक पढिएको
  • नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता सेयर लिलामीमा

    काठमाडौं / नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाले आजदेखि ७९ हजार ८७३ कित्ता सेयर लिलामीमा ल्याएको छ । लघुवित्तले संस्थापकतर्फ (प्रमोटर)को उक्त सेयर बिक्री गर्न लागेको हो ।लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य सिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने छन् । यस्तै, बोलकबोल गर्दा सेयरको भाउ न्यूनतम ७५० रुपैयाँभन्दा कम नघटाई आवेदन दिनुपर्नेछ ।उक्त लिलामी सेयरमा संस्थाका विद्ययमान प्रमोटर सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि आवेदन दिन पाउने छन् ।बोलकबोलमा साउन २२ गतेसम्म आवेदन पेस गर्नु

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 154 पटक पढिएको
  • आज सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार

    काठमाडौं /  साताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १२ सय २० रुपैयाँ निर्धारण गरिएको थियो ।

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 182 पटक पढिएको
  • सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला

    काठमाडौँ /  सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो ।जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 173 पटक पढिएको
  • नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै सरकार

    बिर्तामोड / मुलुकभर ७५ प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल खरिदको सम्झौता भएको छ । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको हो ।हरेक वर्ष रोपाइँको मुखमा रासायनिक मल अभाव भएपछि सरकारले जीटुजी मार्फत मल ल्याएर सहज बनाउने आश्वासन दिँदै आएको थियो । त्यसका लागि गत फागुन १६ मा भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि सचिव गोविन्दप्रसाद शर्माले समझदारी पत्र आदानप्रदान गरेका थिए । दुई देशको सरकार तहमा गत फेब्रुअरीमै मल खरिदको सम्झौता भए पनि कार्यान्वयन गर्ने निकाय भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीए

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 133 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड / आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८ सयले बढेर ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपियाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 158 पटक पढिएको
  • सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै

    झापा / सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो ।यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउन भित्र आवेदन दिनुपर्नेछ ।आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयर मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 123 पटक पढिएको
  • बजेट प्रकरण : पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

    काठमाडौँ / पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार केही विषय प्राविधिक भएकोले सीसीटीभी फुटेजमाथी फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने भएकाले बैठक स्थगित गरिएको हो । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने बताउँदै अर्यालले भने, ‘–बेलुकी चार बजे बस्ने बैठकमा फरेनसिक ल्याब विज्ञहरूलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’नेपाल प्रहरीको फरेनसिक ल्यबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।सोही

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.