बिर्तामोड / आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८ सयले बढेर ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपियाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।