काठमाडौं / नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाले आजदेखि ७९ हजार ८७३ कित्ता सेयर लिलामीमा ल्याएको छ । लघुवित्तले संस्थापकतर्फ (प्रमोटर)को उक्त सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य सिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

OM Sai Pathibhara Hospital

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने छन् । यस्तै, बोलकबोल गर्दा सेयरको भाउ न्यूनतम ७५० रुपैयाँभन्दा कम नघटाई आवेदन दिनुपर्नेछ ।

उक्त लिलामी सेयरमा संस्थाका विद्ययमान प्रमोटर सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि आवेदन दिन पाउने छन् ।

बोलकबोलमा साउन २२ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलबाट पाइने छ ।