काठमाडौं /  साताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १२ सय २० रुपैयाँ निर्धारण गरिएको थियो ।