काठमाडौं / शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर छापावाला सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ कायम भएको छ ।