आर्थिक

    Showing 3,031-3,040 of 4,329 items.
  • कामना सेवा विकास बैंकमा ३१ करोड घोटला सीईओ बस्नेतले प्रहरीसमक्ष गरे आत्मसमर्पण

    प्रदेश ब्युरो । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत प्रहरीको सम्पर्कमा आएका छन् ।३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।पक्राउ पुर्जी जारी भएको एक साता नवित्दै सीइओ बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।आइतबार सीइओ प्रविण बस्नेत आफैं प्रहरी कार्यालयमा हाजिर भएको दमक प्रहरी कार्यालय बताएको छ। यसरी आफैं सम्पर्कमा आएका बस्नेतलाई प्रहरीले हिरासतमा लिएर बयान पनि लिएको छ । प्रहरीले ७ दिनको लागि म्याद थप माग गर्दै उच्च अदालत इलाममा निवेदन दिए

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 253 पटक पढिएको
  • ‘विदेशिनेको बेहाल,एजेन्ट मालामाल’

    वैदेशिक रोजगार नेपाली युवाको सपना बन्दै गएको छ । हरेक चार युवामध्ये तीन जनाले वैदेशिक रोजगारी रोजिरहेको अध्ययनले देखाएको छ । ४० लाखभन्दा बढी युवा देश बाहिरको रोजगारीमा छन् । स्वदेशमा रोजगारको अवसर नहुँदा वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको मुख्य आधार बनिसकेको छ । वैदेशिक रोजगारमा रहेका युवाले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ । वैदेशिक रोजगारी अब बेरोजगार युवाको बाध्यता मात्र रहेन, नेपाली अर्थतन्त्रको मूल आाधार नै बनिसक्यो । राज्यले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन नसक्दा वैदेशिक रोजगारीमा जाने युवा तह–तहमा ठगिन्छन् । एजेन्टबाट वैदेशिक रो

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 401 पटक पढिएको
  • भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री

    प्रदेश ब्युरो – भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो ।उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उहाँले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराउनुभयो । अर्थमन्त्री पौडेलले वर्तमान

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 258 पटक पढिएको
  • सांग्रिला विकास बैंकले १८ प्रतिशतसम्म ब्याज असुलीगर्दा ऋणी ठगिएको गुनासो बढ्दै

    प्रदेश ब्युरो । सांग्रिला विकास बैंकले आफ्ना सेवाग्राहीसँग करिब १८ प्रतिशतसम्म ब्याज असुलेर ठगी गरिरहेको तथ्य बाहिर आएको छ । काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको गेटै अगाडि केन्द्रीय कार्यालय रहेको सांग्रिला विकास बैंकले मिटरब्याजी सरह ब्याजदर निर्धारण गरी ब्याज र जरिवना गरेर बार्षिक ३० प्रतिशतसम्म असुली गरिरहेको गुनासो ऋणीहरुले गरेका छन् । एक ऋणीले पछिल्लो पटक बैंकले १७.६७% प्रतिशत ब्याजदर लागू गरिएको म्यासेज पठाएका छन् । दुई वर्षअघि करिब ९ प्रतिशतमा लिएको ऋणको ब्याजदर बृद्धि गरी दोब्बर अर्थात करिब १८ प्रतिशत पुर्याएको प्राप्त प्रमाणबाट खेलेको छ । हिजो साँझ बैंकको एसएडिबिएल एलर्टबाट सबै स

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 267 पटक पढिएको
  • सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् । सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन् । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन् ।कार्यदलमा यातायात व्यवसायी महासङ्घका महानिर

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 458 पटक पढिएको
  • एकैदिन २ करोड भन्दा बढिको तस्करीको सामानसहित तीनवटा गाडी पक्राउ

    वीरगन्जमा प्रहरीले एकै दिन दुइ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले वीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो ।वीरगन्जको आइसिपी हुदै काठमाण्डौ जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट , ना.५ ख ३८४७ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।चेकजाँचका क्रममा ती ततीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ ल

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 249 पटक पढिएको
  • सरकार एक कदम पछि हट्यो, क्रसर उद्योग बन्द नगर्ने सरकारको निर्णय

    सरकारले क्रसर उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिएर दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीतका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । असारसम्म पनि मापदण्ड पूरा गर्ने उद्योग पुनः बन्द गरिनेछ । विना अनुमति चलिरहेको सबै क्रसर उद्योग बन्द रहने र आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुने बताइएको छ ।क्रसर उद्योग बन्द भएपछि आय

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 218 पटक पढिएको
  • ६ महिनामा ७ खर्ब व्यापार घाटा

    चालु आर्थिक वर्षको (२०७९/८०) ६ महिना अर्थात साउनदेखि पुससम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार पुगेको छ ।७ खर्ब ९२ अर्ब रुपैयाँ भन्दा बढीको मालवस्तु आयात गरेको नेपालले यो अवधिमा ८० अर्बको मात्र निर्यात गरेको छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने आयात निर्यात दुबै घटेको देखिन्छ ।आयात २०.६८ प्रतिशतले घटेको छ भने निर्यात ३२.०१ प्रतिशतले घटेको छ । समग्रमा व्यापारघाटा १९.१५ प्रतिशतले कम भएको हो । गत वर्षको यसै अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपै

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 264 पटक पढिएको
  • बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्यो : अध्यक्ष केसी

    नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै ब्याबसायिहरुबाट बैंकहरुलाई दबाब आउन थालेको बताउनुभएको छ।शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकहरुबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै  ब्यावसायीहरु आउन थालेको छन भन्नू भयो। उहाँले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रलाई ब्याबसायीबाट यस्तो दबाब आउँदा भोलिको दिन बैंकिङ क्षेत्रमा अफ्ठ्यारो पर्ने बताउनु भयो । उहाँले वार्षिक रुपमा ३१ अर्ब भन्दा बढी रुपैयाँ योगदान देशलाइ  दिएको हुनाले, यस्ता दबा

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 348 पटक पढिएको
  • नेपालगञ्ज बिमानस्थलबाट काठमाडौं उडेको श्री एयरको विमान झापाको चन्द्रगढीमा

     नेपालगञ्ज विमानस्थलबाट काठमान्डौ उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ । आज बिहान ७:३० बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ०९:०६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । आज भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.