नेपालगञ्ज विमानस्थलबाट काठमान्डौ उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ । आज बिहान ७:३० बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ०९:०६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । आज भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ