प्रदेश ब्युरो । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत प्रहरीको सम्पर्कमा आएका छन् ।

Screenshot_2023-01-30-21-34-28-41_a23b203fd3aafc6dcb84e438dda678b6३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।पक्राउ पुर्जी जारी भएको एक साता नवित्दै सीइओ बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

OM Sai Pathibhara Hospital

आइतबार सीइओ प्रविण बस्नेत आफैं प्रहरी कार्यालयमा हाजिर भएको दमक प्रहरी कार्यालय बताएको छ। यसरी आफैं सम्पर्कमा आएका बस्नेतलाई प्रहरीले हिरासतमा लिएर बयान पनि लिएको छ । प्रहरीले ७ दिनको लागि म्याद थप माग गर्दै उच्च अदालत इलाममा निवेदन दिएको छ । अदालतले दिएको समयमा बयान लिने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

Screenshot_2023-01-30-21-34-05-64_a23b203fd3aafc6dcb84e438dda678b6३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो।प्रहरी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको परेकोसमेत भेटिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋणहरु आफैं चलाएको देखिन्छ।

बैक स्रोत भन्छ,´प्रवीण बस्नेतले नै कर्जा अपचलन भएको विषयमा अध्ययन गरी राष्ट्र बैंकमा जानकारी गराएको हो`। प्रहरीका अनुसार ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ भने बाँकी फरार अभियुक्तहरुको खोजी कार्य भैरहेको छ।