वीरगन्जमा प्रहरीले एकै दिन दुइ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले वीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो ।

वीरगन्जको आइसिपी हुदै काठमाण्डौ जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट , ना.५ ख ३८४७ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

OM Sai Pathibhara Hospital

चेकजाँचका क्रममा ती ततीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामानहरु बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए । बिलबिजक बेगरका सामान फेला परेपछि सामन सतिहको तीन वटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मङगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।