नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै ब्याबसायिहरुबाट बैंकहरुलाई दबाब आउन थालेको बताउनुभएको छ।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकहरुबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै  ब्यावसायीहरु आउन थालेको छन भन्नू भयो। उहाँले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रलाई ब्याबसायीबाट यस्तो दबाब आउँदा भोलिको दिन बैंकिङ क्षेत्रमा अफ्ठ्यारो पर्ने बताउनु भयो । उहाँले वार्षिक रुपमा ३१ अर्ब भन्दा बढी रुपैयाँ योगदान देशलाइ  दिएको हुनाले, यस्ता दबाबको बैंकर्स संघले घोर बिरोध गर्ने बताउनु भयो ।

OM Sai Pathibhara Hospital

उहाँले भन्नुभयो, ‘गएकाे वर्षदेखि नेपाल राष्ट्र बैंकको विभिन्न नीतिको कारण चुनौतीकाबीच पनि नेपालको बैंकिङ र देशको अर्थतन्त्रको अवस्था केही सुधारउन्मुख भइरहेको अवस्था हो । आज नेपालको बैंकिङ उद्योग दक्षिण एशियाको एक मात्रै राम्रो उद्योगको रुपमा अगाडि आएको छ । तर यसरी भनिरहँदा पछिल्लो समय यता बैंकहरुलाई दबाब दिने समूह बनाएर कर्जाको ब्याजदर तिर्नुपर्दैन भन्ने प्रवृति बढेको छ । यो निकै अफ्ठ्यारो हो । नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रले गत वर्ष मात्रै ३१ अर्ब रुपैयाँ कर तिरेका छौं । यसरी योगदान गर्दा पनि दबाब समूह बनाउँदा भोलिका दिनमा अफ्ठ्यारो अवस्था आउनसक्छ । यसको बैंकर्स संघले घोर विरोध गर्दछौं ।’

उहाँले कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिनु राम्रो प्रवृति नभएको बताउनु भयो ।

उता ब्याबसायीहरु एक डिजिटको ब्याजदर हुनुपर्ने , बैकले मनपरी ब्याज लिएको भन्दै सरकारले सुकुम्बासी हटाउन जग्गा बितरण गर्ने बैकले जग्गा हडपी सुकुम्बासी बनाउने भन्दै आन्दोलनमा जुट्नु पर्ने बताउदै आइरहेछ छन।