प्रदेश ब्युरो । सांग्रिला विकास बैंकले आफ्ना सेवाग्राहीसँग करिब १८ प्रतिशतसम्म ब्याज असुलेर ठगी गरिरहेको तथ्य बाहिर आएको छ । काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको गेटै अगाडि केन्द्रीय कार्यालय रहेको सांग्रिला विकास बैंकले मिटरब्याजी सरह ब्याजदर निर्धारण गरी ब्याज र जरिवना गरेर बार्षिक ३० प्रतिशतसम्म असुली गरिरहेको गुनासो ऋणीहरुले गरेका छन् । एक ऋणीले पछिल्लो पटक बैंकले १७.६७% प्रतिशत ब्याजदर लागू गरिएको म्यासेज पठाएका छन् । दुई वर्षअघि करिब ९ प्रतिशतमा लिएको ऋणको ब्याजदर बृद्धि गरी दोब्बर अर्थात करिब १८ प्रतिशत पुर्याएको प्राप्त प्रमाणबाट खेलेको छ । हिजो साँझ बैंकको एसएडिबिएल एलर्टबाट सबै सेवाग्राहीलाई पठाएको एसएमएसमा ब्याजदर बृद्धि भएको सूचना दिइएको छ ।

सरकारले ब्याजदर घटाउन पहल गरिरहेको बेला सांग्रिला विकास बैंकले अचाक्ली ब्याजदर बृद्दृ गरेपछि ऋण लिएका सर्वसाधारण आक्रोसित बन्न पुगेका छन् । बैंकले प्रत्येक महिनाको २४ गतेभित्रैमा ब्याज तिर्न लगाउने र महिना नमर्दै ब्याज तिर्न नसकेकाहरुलाई थप जरिवना तिराउने गरिएको पीडितहरुको गुनासो छ । पीडितका अनुसार, करिब १८ प्रतिशत ब्याज महिना नमर्दै तिर्नुपर्ने, नतिरेमा उल्टै पेनाल्टी हानेर मिटर ब्याजीभन्दा महंगो ३० प्रतिशतभन्दा बढि असुलेर दिन दहाडै ठगिएँको गुनासो गरे सो सम्बन्धमा जिज्ञाशा राख्दा सांग्रिला विकास बैंकका सिईओ सुयोग श्रेष्ठले कुनै जवाफ दिएनन् ।