आर्थिक

    Showing 3,021-3,030 of 4,329 items.
  • सुनको भाउ ह्वात्तै घट्यो

    काठमाण्डाै - सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।चाँदी  तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 204 पटक पढिएको
  • वित्तीय संस्थाले ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरूको तस्विर छाप्न नपाउने

    काठमाडौं - बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरूको तस्विर सार्वजनिक गर्न नपाउने भएका छन्। ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाइने छैन।’ राष्ट्र बैंकले बिहीबार संशोधन गरेको एकीकृत निर्देशनमा भनिएको छ। बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्ने गरेका छन्।ए

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 230 पटक पढिएको
  • बैंक तथा वित्तीय संस्थाले ऋणीको फोटो राखेर सूचना निकाल्न नपाइने

    झापा । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै केन्द्रीय बैंकले अब देखि कुनै पनि बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ।वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्वीरसहित राखेर ऋण तिर्न आउने वा लिलामीको सूचना प्रकाशित गर्दै आएका थिए। यसले ऋणीको मानहानी गर्ने गरेको भनी आलोचना हुने गरेको थियो।एकीकृत निर्देशनमा संसोधनले इजाजतपत्र प्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नु

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 392 पटक पढिएको
  • मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार

    झापा । मेनपावका शाखा कार्यालयले अब आर्थिक कारोबार गर्न पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले निर्माण गरेको नयाँ कार्यविधि २०७९ अनुसार मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार दिएको हो । बैदेशिक रोजगार ऐन २०६४ ले शाखालाई आर्थिक कारोबार गर्न बन्देज गरेको थियो । बैदेशिक रोजगारीमा जाने युवाको हितका लागि नयाँ कार्यविधि बनाएर आर्थिक कारोबारको अधिकार शाखालाई दिएको बैदेशिक रोजगार बिभागका शाखा अधिकृत प्रदिप ढकालले बताए । उनले शाखा सञ्चालनका लागि दर्ता प्रकृया समेत खुलेको उल्लेख गरे । नयाँ कार्यविधि अनुसार एक मेनपावरले एक प्रदेशमा एक शाखा सञ्चालन गर्न पाउने छन् । यद्यपी देशभर गरि तीन व

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 210 पटक पढिएको
  • दानबीरको घर बनाउन चन्दाको भर

    बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ । बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् ।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 346 पटक पढिएको
  • जग्गाको वर्गीकरण तत्काल गर्न मन्त्रालयको सुझाव

    झापा । स्थानीय तहलाई जग्गाको वर्गीकरण तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखन लगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका वेला मन्त्रालयले यस्तो सुझाव  दिएको हो ।मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । भूमि व्यवस्थापनलाई समयमै योजनाबद्ध ढंगबाट अघि बढाउन नसकिएका कारण भौतिक पूर्वाधार अव्यवस्थित हुनका साथै खेतीयोग्य जमिन नष्ट भएको मन्त्रालयले जनाएको छ । देशका उर्वर भूमिमा अन्न र तरकारीको साटो धमाधम घर बन्न थालेपछि सरका

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 338 पटक पढिएको
  • बीमा जवरजस्त हुँदैन

    बिर्तामोड । संसद भवन अगाडी आत्मदाह गरेर चर्चामा आएका प्रेमप्रसाद आचार्यले आफुले एक करोडको बीमा गरेको भनी गरेको दावी गलत साबित भएको छ । उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा ५० लाख रुपैयाँको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेको खुलेपछि उनको दावी गलत सावित भएको हो ।आत्मदाह गर्नु अगाडी आफुले बीमा गरेको शाखा कार्यालयमा आत्महत्या पछि मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर उनले सोधेका थिए । आचार्यले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको सुसाइड नोटमा सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड शाखा कार्यालयका कर्मचारीले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् । उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रु

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 344 पटक पढिएको
  • पुसमा साँवा-ब्याज तिर्न नसकेका ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव

    झापा । नेपाल चेम्बर अफ कमर्सले पुसमा साँवा र ब्याज तिर्न नसकेका ऋणीहरुका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ। मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि ९ बुँदे सुझाव दिने क्रममा चेम्बरले २०८० असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्नुपर्नेमा जोड दिए। यसअघि उत्पन्न तरलता संकटसँगै चर्को ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्पप्रायः रहेकाले अधिकांश ऋणीहरु समस्यामा परेको चेम्बरको ठहर छ। मौद्रिक समीक्षामार्फत साँवा र ब्याजदरको पुर्नतालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने चेम्बरले जनाएको छ। बैंक वित्तीय संस्थामा ए

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 260 पटक पढिएको
  • प्राधिकरणले १० बीमा कम्पनीलाई चेतावनी दियो

    प्रदेश ब्युरो ।  नेपाल बीमा प्राधिकरणले १० बीमा कम्पनीलाई चेतावनी दिएको छ । प्राधिकरणले समयमा नै विवरण उपलब्ध नगराएका तीनवटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटा कम्पनीलाई चेतावनी दिएको हो ।नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिकाअनुसार समयमा नै वित्तीय विवरण नबुझाएका १० वटा कम्पनीहरुलाई पहिलो पटक सचेत गराइएको बताए ।समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका तीनवटा कम्पनीमा गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, ६

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 206 पटक पढिएको
  • ईसेवाबाट अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

    प्रदेश ब्युरो । अब भुक्तानी सेवाप्रदायक ईसेवाबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को टिकट खरिद गर्न सकिने भएको छ । हालै ईसेवा वालेटमा यो सुविधा थप भएको हो ।अन्य पेमेन्ट गेटवेहरूमार्फत पनि उडान टिकट खरिद गर्न मिल्ने गरी प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ । यसअघि नेपाल एयरलाइन्सको वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फत टिकट काट्ने सुविधा ल्याइएको थियो । निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकट सेवामार्फत संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा स

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 277 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.