प्रदेश ब्युरो ।  नेपाल बीमा प्राधिकरणले १० बीमा कम्पनीलाई चेतावनी दिएको छ । प्राधिकरणले समयमा नै विवरण उपलब्ध नगराएका तीनवटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटा कम्पनीलाई चेतावनी दिएको हो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिकाअनुसार समयमा नै वित्तीय विवरण नबुझाएका १० वटा कम्पनीहरुलाई पहिलो पटक सचेत गराइएको बताए ।

OM Sai Pathibhara Hospital

समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका तीनवटा कम्पनीमा गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, ६ निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् ।

यस्तै, पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पनि आफ्नो कारोबारको चौमासिक विवरण समयमा नै बुझाउने गरेको छैन । यी कम्पनीहरुलाई पत्रमार्फत पहिलो पटक सचेत गराइएको उनको भनाइ छ ।