आर्थिक

    Showing 2,851-2,860 of 4,329 items.
  • बढ्यो सुनको मूल्य, चाँदीमा गिरावट

    काठमाडौं–साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सयमा कारोबार हुँदैछ । चाँदीको मूल्य भने प्रतितोला रु २० ले घटेको छ । हिजो प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आज रु एक हजार सात सय ९० पुगेको छ । 

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 446 पटक पढिएको
  • आज सुनको मूल्य घट्यो

    काठमाडौं – साताको पहिलो दिन सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेर आज रु एक हजार आठ सय १० निर्धारण भएको छ । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 280 पटक पढिएको
  • डलरको मूल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो ?

    काठमाडौं –निरन्तर उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विक्रिदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।  भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली र भारतीय मुद्राबिचको विनिमय दर भने स्थिर रहेको छ । नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्छ ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 379 पटक पढिएको
  • घिसिङको अडानले प्रधानमन्त्रीको निर्देशनपछि पनि जोडिएन ६ उद्योगमा काटिएको विद्युत लाइन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न निर्देशन दिए पनि विद्युत प्राधिकरणले लिखित निर्देशन आउनुपर्ने भन्दै अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले हिजो ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले शुक्रबा बोर्ड बैठक बसेर काटिएका उद्योगमा ल

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 626 पटक पढिएको
  • अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं— अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको थियो। खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो, जुन अहिलेसम्मकै उच्च हो ।डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ।डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई असर गर्ने बताइन्छ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 352 पटक पढिएको
  • बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी अभाव

    काठमाडौं— लगातारको वर्षापछि देशभकार विभिन्न सडकखण्ड अवरुद्ध हुँदा आवातजावतसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । लामो समय राख्न मिल्ने सामानको व्यवस्थापन भए पनि तरकारीको भने अभाव चुलिएको छ । काठमाडौं उपत्यकामा उत्पादित तरकारीले बजारको माग धान्न नसकेपछि काठमाडौंमा तरकारीको अभाव बढ्न थालेको छ । सँगै भएका तरकारीको मूल्य पनि आकासिएको छ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान नपाएका हुन् । बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बज

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 287 पटक पढिएको
  • सुन किन्नेभन्दा बेच्ने धेरै

    काठमाडौं— बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन्। महासङ्घका महासचिव डम्बरसुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए । वज्राचार्यले भने, 'कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ।' बजारमा सुनको माग नहुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ। वाणिज्य बैङ्कहरूले सुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन्। नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आ

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 249 पटक पढिएको
  • सुनको मूल्य तोला कै डेढ लाख पुग्यो

    काठमाडौं— सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ। केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो। यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो। मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ४७१ डलर पुगेको छ। अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ। ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 355 पटक पढिएको
  • पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।त्यस्तै, सो अवधिमा वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रासिभ फाइनान्सलाई पनि कारबाही गरेको छ। कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात तोकिएको जति नभएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई निरन्तर सुधार गर्न गरिएको गत माघ २१ गतेक

    • प्रकाशित मितिः साउन २, २०८१
    • 322 पटक पढिएको
  • शेयरमा उछाल

    काठमाडौँ- बुधबार शेयरबजारमा उछाल देखिएको छ । बजार मापक परिसूचक नेप्से ५४।०४ अंकले बढेर २३६४।६३ अकंमा पुगेको छ । बुधबार २०४ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ३२ कम्पनीका शेयरधनीले भने गुमाएका छन् । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको छ।सेन्ट्रल फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।बुधबार बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, फाइनान्स समूह ५.५० प्रतिशत, होटल तथा पर्यटन समूह ५.५५ प्रतिश

    • प्रकाशित मितिः साउन २, २०८१
    • 217 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.