काठमाडौं – साताको पहिलो दिन सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेर आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।