काठमाडौं –निरन्तर उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विक्रिदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो । 

भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली र भारतीय मुद्राबिचको विनिमय दर भने स्थिर रहेको छ । नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्छ ।