काठमाडौँ- बुधबार शेयरबजारमा उछाल देखिएको छ । बजार मापक परिसूचक नेप्से ५४।०४ अंकले बढेर २३६४।६३ अकंमा पुगेको छ । 

बुधबार २०४ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ३२ कम्पनीका शेयरधनीले भने गुमाएका छन् । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको छ।

OM Sai Pathibhara Hospital

सेन्ट्रल फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

बुधबार बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, फाइनान्स समूह ५.५० प्रतिशत, होटल तथा पर्यटन समूह ५.५५ प्रतिशत, जलविद्युत समूह १.७१ प्रतिशत, लगानी समूह १.५३ प्रतिशत, जीवन बीमा समूह २.१८ प्रतिशत, म्यानुफ्याक्चरिङ समूह ३.०२ प्रतिशत, लघुवित्त समूह १.८४ प्रतिशत बढेको छ ।