काठमाडौं–साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । 

त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सयमा कारोबार हुँदैछ । चाँदीको मूल्य भने प्रतितोला रु २० ले घटेको छ । हिजो प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आज रु एक हजार सात सय ९० पुगेको छ ।