आर्थिक

    Showing 2,311-2,320 of 3,699 items.
  • निगमले घटायो इन्धनको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५० रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो।अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ। तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ पर्ने छ।सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रा

    • प्रकाशित मितिः असार १९, २०८०
    • 592 पटक पढिएको
  • भारतबाट घटेर आयो खाना पकाउने एलपीजी ग्यासको मूल्य

    काठमाडौँ / भारतबाट खाना पकाउने एलपीजी ग्यासको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रुपैयाँ घटाएर पठाएको छ । यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघि सम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रुपैयाँ घाटा थियो । आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र  प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ ।त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ । नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा हुने नेप

    • प्रकाशित मितिः असार १८, २०८०
    • 406 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । साथै तेजाबी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार   चाँदीको भाउ १० रुपैयाँले घटेको छ । बिहीबार १ हजार ३ सय ७० रुपैयाँमा  कारोबार भएको चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असार १५, २०८०
    • 275 पटक पढिएको
  • प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।आज छापावाल सुन तोलाको एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सो सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलामा एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 259 पटक पढिएको
  • एनआईसी एसिया बैङ्कको खाताबाट १३ लाख बढी रकम गायब

    झापा ।  ''बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि'' भन्ने नाराका साथ स्थापना भएको एनआईसी एसिया बैङ्क चन्द्रगढी शाखाको  खाताबाट १३ लाख भन्दा बढी रकम एकाएक गायब भएको छ।जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा रहेको एनआईसी बैङ्कको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ गायब भएको छ ।सञ्चालक भक्तप्रसाद अधिकारीले भने ,"जगदम्बा टी प्रोसेसिङको नाममा रहेको खाताबाट डिजिटल माध्यम प्रयोग गरेर अनधिकृत रूपमा रकम झिकेको देखिन्छ, आफ्नो खातामा जम्मा रहेको रकम बैङ्कबाट नै गायब भएको छ, बैङ्कमा राख्दा रकम सुरक्षित हुने विश्व

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,159 पटक पढिएको
  • झन्झटिलो ठेक्का प्रक्रियाले पुँजीगत खर्च बढेन

    काठमाडौँ / चालू आर्थिक वर्ष २०७९९८० सकिन दुई हप्ता बाँकी छ । अहिलेसम्म पुँजीगत खर्च आधा भएको छैन । महालेखा परीक्षक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार हालसम्म पुँजीगत खर्च ४२.६१ प्रतिशत मात्र भएको छ । सरकारले चालू आर्थिक वर्षमा पुँजीतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य राखेको थियो । अहिलेसम्म एक खर्ब ६२ अर्ब आठ करोड ६७ लाख रुपियाँ मात्र खर्च भएको छ ।अघिल्ला आर्थिक वर्षमा पुँजीगततर्फ लक्ष्य राखिएको मध्ये करिब ६० प्रतिशत हाराहारीमा खर्च हुने गरेको थियो । आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम धमाधम भइरहेकाले यो वर्ष पुँजीगत खर्च ६० प्रतिशतकै हाराहारीमा पुग्ने देखिन्छ ।चालू

    • प्रकाशित मितिः असार १३, २०८०
    • 258 पटक पढिएको
  • महालेखा परीक्षकको प्रतिवेदनले देखायो साढे नौ खर्ब बढी बेरुजु

    काठमाडौँ । महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले सरकारको हालसम्मको कूल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको देखाएको छ ।महालेखाको वार्षिक प्रतिवेदनले सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कुल छ हजार पाँच सय ४३ वटा निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको हो । कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रहेको छ ।गत आर्थिक वर्ष २०७८÷७९ मा मात्रै एक खर्ब १९ अर्ब ७७ करोड बराबर बेरुजु थपिएको महालेखा परीक्षकको प्रतिवेदनम

    • प्रकाशित मितिः असार १२, २०८०
    • 314 पटक पढिएको
  • सेयर बजारमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ / आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अंकले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह दुई सय ३९ दशमलव ५१, जीवन बीमा ११ दशमलव ९६, उत्पादन तथा प्रशोधन १५ दशमलव ०१ र व्यापार समूह दुई दशमलव ३६ अङ्कले बढेको छ । सबैभन्दा धेरै विकास बैंक

    • प्रकाशित मितिः असार ६, २०८०
    • 178 पटक पढिएको
  • सुनको मूल्यमा ८०० रुपैयाँले गिरावट

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ३० मा कारोबार भएको थियो ।   

    • प्रकाशित मितिः असार ६, २०८०
    • 234 पटक पढिएको
  • प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा आज सुन र चाँदी दुवैको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो । महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • 233 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.