काठमाडौं— धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार झिनो अंकले घटेर बन्द भएको छ । परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको हो ।
यस दिन नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । ११७ कम्पनीको सेयर मूल्य बढ्यो । १२८ कम्पनीको सेयर मूल्य घट्यो ।
नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्यो ।
कारोबारमा आएका मध्ये पाँच समूहको परिसूचक बढ्यो । बाँकी समूहको परिसूचक घट्यो । परिसूचक बढ्नेमा बैंकिङ ९वाणिज्य बैंकहरू०, विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूह छन् ।