काठमाण्डौ । कोशी प्रदेश सरकारले विराटनगरको वीरेन्द्र सभागृहमा आजदेखि लगानी सम्मेलन गर्दैछ ।
कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालले जानकारी दिए ।
पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ। प्रदेश लगानी प्राधिकरणले सम्मेलनकोसबै तयारी पूरा भएको जानकारी दिएको छ। लगानीको हिसाबले प्रचूर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन। ७१ परियोजना सोकेसिङ गरिएको छ भने यसको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको छ।