काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको छापावाल सुन शुक्रबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आज चाँदीको भाउ भने उकालो लागेको छ । आज चाँदीको मूल्यमा १५ रुपैयाँको वृद्धिसँगै प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।