काठमाडौं— साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको छ ।