आर्थिक

    Showing 201-210 of 3,246 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिदद

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 194 पटक पढिएको
  • बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

    काठमाडौं—  बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवि

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 378 पटक पढिएको
  • जेनजी आन्दोलनको क्षतिमा ४.३८ अर्ब बीमा दावी भुक्तानी

    काठमाडौं— हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोड रुपैयाँ मध्ये करिव ३ अर्ब १२ करोड २७ लाख रु

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 393 पटक पढिएको
  • सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

    काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 394 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदी भने तोलामा १५० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलबार प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 363 पटक पढिएको
  • आजदेखि देशभरका भन्सार कार्यालय ठप्प, आयात-निर्यात पूर्णरूपमा रोकियो

    काठमाडौं— देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् ।भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् ।केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए । तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ । महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर च

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 375 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 161 पटक पढिएको
  • भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्दै

    काठमाडौं— भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्र

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 359 पटक पढिएको
  • सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 367 पटक पढिएको
  • तारागाउँ रिजेन्सीले पाँच प्रतिशत नगद लाभांश दिने

    काठमाडौं— तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले करसहित पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीसचिव गीता दाहालले जानकारी दिइन् ।प्रस्तावित लाभांश आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 361 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा