अपराध

    Showing 901-910 of 2,232 items.
  • सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

    रौतहट । पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 236 पटक पढिएको
  • एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

    वीरगञ्ज— पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिए। दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 534 पटक पढिएको
  • लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

    विराटनगर— भोजपुर र धनकुटाको विभिन्न डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा लगाइएका गाँजाका बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ।मंसिर १५ गते सुरक्षित वातावरण र अवैध खेती नियन्त्रण अभियानअन्तर्गत, जिल्ला प्रहरी कार्यालय भोजपुर तथा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी बालंखा र हसनपुरबाट खटिएको संयुक्त टोलीले आमचोक र हतुवागढी गाउँपालिकाका विभिन्न क्षेत्र कभर गर्दै करिब ७२ रोपनी भूभागमा फैलिएका ७ हजार २ सय ५० बोट गाँजा फडानी गरेको हो।यस्तै, धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट टोली खटिएर सहिदभूमि गाउँपालिका–३ को डाँडापाखामा रहेको झण्डै ३ रोपनी क्षेत्रफलमा उब्जिएको करिब ७

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 526 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

    विराटनगर— मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो ।त्यसैगरी मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-००२-००४ह २५४० नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो । यसैगरी उदय

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 512 पटक पढिएको
  • खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्री वितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौंको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए।प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 597 पटक पढिएको
  • गाँजासहित एक व्यक्ति पक्राउ

    रौतहट— आइतबार साँझ प्रहरीले लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ सुन्दरबस्तीका ३३ वर्षीय सुमन तामाङ योन्जनलाई उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।प्रहरी नायब उपरीक्षक रुपा लाबुङले तामाङको घरमा खोजतलासी गर्दा ४ केजी ७५० ग्राम गाँजा फेला परेको जानकारी दिइन्। सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तामाङ सुत्ने कोठाको पलङको घर्राभित्र लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 519 पटक पढिएको
  • जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेनस् सहकारी पीडित

    काठमाडौं— सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् ।मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए ।उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 542 पटक पढिएको
  • नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

    काठमाडौं— नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।नेपाल एयरलाइ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 580 पटक पढिएको
  • हसिनालाई बंगलादेशको अर्को अदालतले सुनायो पाँच वर्षको जेल सजाय

    काठमाडौं— बंगलादेशको एक अर्को अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।स्थानीय मिडियाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको सशस्त्र कारावास, उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्षको सशस्त्र कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ ।सोमबार, ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकी सहित १७ जनाविरुद्ध आफ्नो फैसला सुनाएको हो ।भ्रष्टाचार विरोधी आयोगले पूर्वाचल नयाँ शहर परियोजनाको लागि सरकारी जग्गा अधिग्रहण गरेको आरोपमा मुद्दा दायर गर

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 534 पटक पढिएको
  • धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    जनकपुर— धनुषामा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कि रोशनी झाको शंकास्पद मृत्यु भएको हो । गत बिहीवार राति रोशनी झा भर्याँङबाट खसेको भनी उनको माइतमा ससुराली पक्षले टेलिफोनमार्फत जानकारी गराएका थिए । रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।यता धनुषाका एसपी रुगम बहादुर कुँवरले आज विहान आफैं घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 583 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.