रौतहट— आइतबार साँझ प्रहरीले लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ सुन्दरबस्तीका ३३ वर्षीय सुमन तामाङ योन्जनलाई उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रुपा लाबुङले तामाङको घरमा खोजतलासी गर्दा ४ केजी ७५० ग्राम गाँजा फेला परेको जानकारी दिइन्। सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तामाङ सुत्ने कोठाको पलङको घर्राभित्र लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





































