अपराध

    Showing 871-880 of 2,232 items.
  • पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।”निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेश

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 415 पटक पढिएको
  • सुनसरीमा १९ किलो गाँजासहित दुई युवक पक्राउ

    सुनसरी— बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा प्रहरीले गरेको चेकजाँचका क्रममा १९ किलो गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा कोशी गाउँपालिका–६ का रामनाथ यादव (मोटरसाइकल चालक) र भारत बिहार राज्य, सुपौलका भूषण कुमार यादव रहेका छन्।गएराति मधुवन प्रहरी चौकीबाट खटिएको टोलीले प्रकाशपुरबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।मोटरसाइकलको पछाडिको सीटमा सवार रहेका उनीहरू समातिएपछि प्रहरीद्वारा तत्काल नियन्त्रणमा लिइएका छन्।प्रहरीले ब

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 569 पटक पढिएको
  • अछाम र बझाङमा युवतीमाथि बलात्कार, दुई जना पक्राउ

    काठमाडौं— बझाङमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–३ बस्ने २२ वर्षीय सुरज जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।सुरजले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।त्यस्तै, अछाममा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका–२, बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको छ ।साउदले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा किटा

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 518 पटक पढिएको
  • चालक हत्या प्रकरणमा सात जना पक्राउ

    धरान— सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरेको घटनामा संलग्न आरोपमा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, रामधुनी–१ का ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेस यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 518 पटक पढिएको
  • इजरायली नागरिकलाई हातपात गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं— इजरायली नागरिक अरमोजा अलमोजलाई हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।गत मंसिर १५ गते राति कालधारा सडक खण्डमा अलमोजलाई हातपात गरेको आरोप उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-६ घर भएर स्वयम्भू बस्ने पेम्बा तामाङ र नुवाकोट ताँदी गाउँपालिका- ४ घर भएर स्वयम्भू बस्ने श्याम तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 518 पटक पढिएको
  • पोर्चुगल पठाइदिन्छु भनी २ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ असुली गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमाकञ्चनपुर बेदकोट–१० का २३ वर्षीय भिमबहादुर महर रहेका छन् । उनी हाल काठमाडौं महानगर–२६ मा बस्दै आएकोमा मंसिर १९ गते काठमाडौं महानगर–४ बाट पक्राउ परेका हुन्।पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले महरलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार आकर्षक तलबको आश्वासन दिँदै महरले एक व्यक्तिबाट २ लाख रुपैयाँ लिएको खुलेको छ।उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले उनलाई वैदेशिक रोजगार विभागम

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 505 पटक पढिएको
  • बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर

    मोरङ— भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी परेका छन् । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिकी थिइन् ।बेहोस अवस्थामा रहेका दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्द

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 495 पटक पढिएको
  • ४ महिनाको शिशुको हत्या आरोपमा प्रहरी असई कार्की पक्राउ

    काठमाडौं— ४ महिनाको आफ्नै शिशुको हत्या आरोपमा फरार रहेका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्। आइतबार दिउँसो सिनामंगलमा कोठा लिएर बस्दै आएका कार्कीले सुतेकै अवस्थामा छोराको घाँटी रेटेर हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखेको हो।जन्मेदेखी नै ब्रेन ट्युमरबाट पीडित रहेको शिशुको हत्या आरोप लागेपछि कार्की घटना स्थलबाट फरार भएका थिए। घटनाको क्रममा कार्कीले आफ्नो श्रीमती स्वयं पनि प्रहरी कर्मचारी हुन् । उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। पीडित श्रीमतीलाई आइतबार साँझ नै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो।कार्कीलाई अहिले जिल्ला प्रहरी परिसर, भद्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 587 पटक पढिएको
  • ग्रीसमा ४४ नेपाली युवालाई बन्धक बनाएर जबरजस्ती श्रम शोषण गरेको आरोपमा पाकिस्तानी गिरोह पक्राउ

    काठमाडौं— ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गराउने प्रलोभनमा परेका ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ ।‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत नेपालीहरूलाई आकर्षक तलब, आवास र कानुनी कागजातको लोभ देखाएर लाकोनिया, स्काला पु¥याएका थिए । तर, उनीलगायतको समूहले भने ती नेपाली युवाहरूलाई कुनै सुविधा नदिई उल्टै बिनातलब बन्धक बनाएर काममा लगाएका थिए ।नियोचोरी पुगेपछि उनीहरूलाई गोदाममै थुनी बाहिर जान नदिने, ट्रक–कारमार्फत खेतमा लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरिएको खुलेको छ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 566 पटक पढिएको
  • बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    काठमाडौं—  गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।समितिलाई

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 599 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.