अपराध

    Showing 811-820 of 2,232 items.
  • दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ । उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एण्ड चाट हाउस काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज र आई क्याफे रेष्टुरेन्ट एण्ड बार टोखालाई रु ५० हजारको दरले जरि

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 288 पटक पढिएको
  • गाँजासहित एकजना पक्राउ

    काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो । सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेक

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 287 पटक पढिएको
  • कञ्चनपुरको कारागार झडपको अनुसन्धान गर्न छानबिन समिति गठन

    कञ्चनपुर— जिल्लाको कारागारमा दुई समूहबीच भएको झडपको अनुसन्धान गर्न छानबिन समिति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले तीन सदस्यीय छानबिन समिति बनाएका हुन् ।    सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।‘समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्,’ उनले भने ।छानबिन समितिलाई सात दिनको समय दिइएको  ढकालले बताए । शुक्रबार काराकारमा रहेका कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका थिए ।कारागा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 530 पटक पढिएको
  • लागु औषध ब्राउन सुगर सहित ४ जना नियन्त्रणमा

    विराटनगर ।  झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी-६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १-०२-०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका-८ का २० बर्षीय मो.जईसुल र बराहक्षेत्र-५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर-५ बाट इलाम नगरपालिका-१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलि

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 331 पटक पढिएको
  • बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    सिरहा— बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी स

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 563 पटक पढिएको
  • भरुवा बन्दुक पड्किँदा ताप्लेजुङमा २६ वर्षीय युवकको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु लेकुवामा भरुवा बन्दुक पड्किँदा २६ वर्षीय युवकको मृत्यु भएको छ। स्थानीय फुर्वा रेन्जी शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वडाध्यक्ष खगेन्द्रसिं थक्लुङबाट प्राप्त सूचनाका आधारमा शेर्पालाई तिलोकसिंह लिम्बुको अलैँची बारीमा मृत भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा भरुवा बन्दुकमा बारुद हाल्ने क्रममा अचानक बन्दुक पड्किएर घाँटीमा चोट लागी घटनास्थलमै उनको मृत्यु भएको देखिएको छ।घटनाका बेला मृतकसँगै रहेका उनका १८ वर्षीय भतिज सोनम शेर्पाले प्रहरीसमक्ष दिएको बयानअनुसार दुर्घट

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 561 पटक पढिएको
  • कानको मुन्द्राका लागि नातिले हजुरआमाको हत्या गरे

    पोखरा । हजुरआमाले कानमा लगाएको मुन्द्राका लागि आफ्नै नातिबाट मारिनु परेको छ ।पोखरा महानगरपालिका वडा नं । ३१ बाँसपानी बस्ने वर्ष ७५ की दालकुमारी परियारको हत्या उनकै २२ वर्षीय नाति आशिष परियारले गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जनाएका छन् ।उनले बन्चरो हानेर हजुरआमाको हत्या गरेका हुन् । हत्यापछि हजुरआमाको कान काटेर आशिषले मुन्द्रा लगेका थिए । घटना बिहीबारको हो ।प्रहरीले आशिषलाई पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकबाट सुनका गहना सहित पक्राउ गरेको हो ।उनीबाट प्रहरीले पहेँलो रङको कानमा लगाउने २ थान, ७२ लालको ४ थान सानो मुन्द्रा र घटनामा प्रयोग भएको बन्चरो र चक्कु बरामद गरेको

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 252 पटक पढिएको
  • कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो

    विराटनगर—  कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग(जुन प्रभावशाली हुन्छ) हाबी हुँदा समस्या आइपर्ने गरेको बताएका छन् । ‘सहकारीको वास्तविक मर्म गरिबी निवारण गर्नका लागि श्रमिक मजदुरहरूले चलाउने भन्ने हो । तर, समाजका एलिट बर्गले चलाएको पाइरहेका छौँ । हामीले यसको सिद्धान्तमा रहेर चल्ने बनाउन सक्नुपर्दछ ।’खनालका अनुसार कोशी प्रदेशका सहकारीलाई व्यवस्थित गर्नका लागि कार्यालय लागि परेको छ । प्रदेशमा समस्या देखिएका सहकारीहरूको हिसाब छानबिन गरिरहेको उल्लेख गर्दै प्रतिवेदनका आधारम

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 574 पटक पढिएको
  • पोखरामा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

    कास्की— पोखरामा एक वृद्धाको हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बेगनास गाउँकी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको घटनामा उनका २१ वर्षीय नाति आशिष परियारलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।प्रहरीका अनुसार आशिषले कुटपिट गर्दा घटनास्थलमै दालकुमारीको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि सीआरभी अमरसिंहबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकबाट पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 551 पटक पढिएको
  • विमान नउडेपछि काठमाडौं एयरपोर्टमा कुर्दै रवि लामिछाने

    भैरहवा— पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा आउने तयारीमा रहे पनि विमान उड्न नसक्दा काठमाडौंमै रोकिएका छन् ।थुनामुक्त प्रक्रिया पूरा गर्नका लागि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेकाले उडान तथा अवतरण अवरुद्ध हुँदा उनी भैरहवा जान सकेका छैनन्।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । आदेश ढिलो आएको र आवश्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 486 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.