अपराध

    Showing 731-740 of 1,542 items.
  • धरानमा युवकको मृत्युपछि प्रहरीमाथि कुटपिटको आरोप, अनुसन्धानको माग

    सुनसरी— धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा इटहरीका २० वर्षीय युवराज निरौलाको मृत्यु भएको घटनामा परिवारले प्रहरीमाथि कुटपिटको गम्भीर आरोप लगाएका छन्।इटहरी उपमहानगरपालिका–२ का निरौला र उदयपुर बेलका–३ निवासी २२ वर्षीय दीपक कटुवाल गत साउन ९ गते साँझ करिब ८ बजे धरानतर्फ जाँदै गर्दा प्रहरी चेकजाँचमा परेका थिए। लागूऔषध सेवनको आशंकामा उनीहरूलाई रोकेको प्रहरीले जनाएको छ।मृतकका भाइ सन्तोष निरौलाका अनुसार, चेकजाँचका क्रममा सामान्य भनाभनपछि प्रहरीले युवराजमाथि चौकीभित्रै बुट र हातले छाती तथा टाउकोमा कुटपिट गरेको आरोप छ। “झैझगडा भएपछि दाजुलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरियो,” सन्तोषले भने,

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 967 पटक पढिएको
  • थाइल्याण्डको राजधानी बैंककमा गोलीकाण्ड, ६ को मृत्यु

    बैंकक— थाइल्यान्डको राजधानी बैंककमा रहेको ओर तोर कोर बजारमा सोमवार गोलीकाण्ड हुँदा ६ जनाको मृत्यु भएको छ । पाँचजनालाई मारेपछि आक्रमणकारीले आत्महत्या गरेको थाई प्रहरीले जनाएको छ ।मारिनेमध्ये चारजना सुरक्षा गार्ड थिए भने पाँचौं व्यक्ति बजारका कामदार थिए । अन्य दुईजना पसले घाइते भएको प्रहरीले जानकारी दिएको छ ।बन्दूकधारी व्यक्ति थाई नागरिक भएको र उसले बजारका सुरक्षा गार्डहरूसँग पहिला पनि झगडा गरेको प्रहरी अधिकृत सियाम बूनसमले बीबीसीलाई बताएका छन् ।कम्बोडियासँग थाइल्यान्डको सीमाविवाद चलिरहेकोमा यो घटना त्यससँग नजोडिएको उनले स्पष्ट पारे ।ओर तोर कोर बजार उच्चस्तरीय ताजा फलफूल र समुद्री भोजनका लागि पर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 673 पटक पढिएको
  • एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता भएपछि खोजी कार्य तिव्र

    सिन्धुली— सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। उर्मिला हायुको परिवारका सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि सम्पर्कविहीन भएका हुन्।ती सबै सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय गएका वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सुरक्षा भत्ता बुझेर उनीहरु घर फर्किएका थिए।  त्यसपछि घरमा नदेखिएको र हालसम्म पनि सम्पर्कमा नआएको उनले जानकारी दिए।“उनीहरू वडा कार्यालयबाट फर्केका थिए, तर अहिले घरमा कोही छैनन्। घरमा सामान्य रूपमा आगलागी भएको देखिन्छ र घरपालुवा जनावरहरू पनि अलपत्र अवस्थामा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 959 पटक पढिएको
  • वैदेशिक रोजगारीको झुटो प्रलोभनमा ठगी, तीन जना पक्राउ

    काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ का ४२ वर्षीय हेम बहादुर तामाङ, टोखा नगरपालिका–१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–२ की ३५ वर्षीया ईश्वरी थापा र चन्द्रागिरी नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ की ६१ वर्षीया मैया देवी उप्रेती छन्।हेम बहादुरले सिंगापुर पठाइदिन्छु भन्दै दुई जनाबाट २ लाख ७० हजार रुपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ५० हजार रुपैयाँ र मैया देवीले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 470 पटक पढिएको
  • खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

    मोरङ— मोरङको विराटनगर महानगरपालिका–६ स्थित धुधुवा खोलामा डुबेर  ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दीपक पासवानकी छोरी आरुषी पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।शुक्रबार अपराह्न करिब ४ बजे घर नजिकैको धुधुवा खोलामा खेल्ने क्रममा उनी खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ। पानीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।बालिकाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 574 पटक पढिएको
  • सुनसरीमा लागू औषध सहित ८ जना पक्राउ

    सुनसरी— जिल्लाको दुई फरक स्थानबाट लागू औषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५ मा सञ्चालित एउटा ट्याटु हाउसमा छापा मारेर सात जनालाई पक्राउ गरेको हो।योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिबन्धित औषधिको २ हजार ७३ चक्की र ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, २४ वर्षीय सोमत राई, १९ वर्षीय असिम राई र ट्याटु हाउस सञ्चालक ३७ वर्षीय योजन राई रहेका छन्।य

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 557 पटक पढिएको
  • कोलिफार्म भेटिएपछि चाँगुनारायण अन्तर्गतका खानेपानी उद्योगमा ताल्चा लगाइयो

    भक्तपुर— चाँगुनारायण नगरपालिका–३, झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमा कोलिफार्म जीवाणु भेटिएपछि नगरपालिकाले ती कम्पनीहरूको पानी बिक्री वितरणमा रोक लगाएको छ।एसएन टप वेभरेज, भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर, एक्वाराज पानी, ओके मिनरल वाटर, झौखेल उच्च वेभरेजरजय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालिमाथि कडा निगरानी गर्दै उद्योगमा ताल्चा लगाइएको उपमेयर रमेश बुढाथोकीले जानकारी दिए।खानेपानीको जारमा दिशामा पाइने कोलिफार्म जीवाणु भेटिएपछि नमुना परीक्षणको आधारमा उद्योगहरूमा तत्काल बिक्रीमा रोक लगाइएको हो।उद्योगहरूले सात दिनभित्र अनिवार्य रूपमा दर्ता र नवीकरण गराउनुपर्ने चेतावनी दिइएको छ। परीक्षण रिपो

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 746 पटक पढिएको
  • ज्यानसम्बन्धी कसूर: २० वर्षपछि पक्राउ परे मिनिबस चालक

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल पक्राउ परेका छन्। उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा २० वर्षपछि आइतबार गौशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार २०६२ भदौं २५ गते काठमाडौं तिलगंगा आँखा अस्पताल नजिक सडकमा उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिँदा  मृत्यु भएको एसपी बोहराले जानकारी दिए। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। 

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 429 पटक पढिएको
  • आफ्नै घरमा मृत भेटिएकी शोभाको हत्या भएको माइती पक्षको दावी

    जनकपुर— जनकपुरमा एक महिला मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा  ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।यता माइती पक्षले भने शोभा मण्

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 505 पटक पढिएको
  • निलम्बित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे

    काठमाडौं— बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानबिन समिति गठन गरी निलम्बन गरेकोमा ओझाले साउन ८ गते बिहीबार दायर गरेको रिटमाथि शुक्रबार सामान्य बहस भएको थियो ।न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज सोमबार सरकारलाई समेत बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र छानविन समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा छलफल हुनेछ ।योग्यता नै नपुगेको व्यक्ति फर्जी र झुठा विवरण तथा कागजात तयार पारी नेपाल सरकार मन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 396 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा