काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको हो ।

उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो । आयोगले आइतबार ओलीसँग भदौ २३ र २४ गते घटनाबारे बयान लिएको थियो । उक्त घटनाका बेला ओली प्रधानमन्त्री थिए ।

mmmmm