अपराध

    Showing 721-730 of 2,232 items.
  • गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

    सिरहा— गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ।विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद रु. ५८ हजार बरामद गरेको जनाएको छ।नियन्त्रणमा पर्ने व्यक्तिहरूमा गोलबजार नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, २८ वर्षीय बसन्त श्रेष्ठ र ३६ वर्षीय स

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 509 पटक पढिएको
  • डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द

    डडेल्धुरा— डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।समिति अध्यक्ष करूणाकर ओझामाथि दुव्र्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।अस्पतालद्वारा जारी सूचना अनुसार पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने।क।पा। बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए ।यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अ

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 513 पटक पढिएको
  • डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझामाथि कालोमोसो दल्यो

    डडेल्धुरा— नेकपा बहुमत निकट कार्यकर्ताहरूले डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करणाकर ओझामाथि बुधबार कालोमोसो दलेका छन्।अस्पताल व्यवस्थापन र सेवा प्रवाहसँग असन्तुष्टि जनाउँदै उनीहरूले अध्यक्ष ओझामाथि कालोमोसो दलेको बताइएको छ। घटनापछि अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको थियो।घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। घटनाप्रति विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाले विरोध जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन्। घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 549 पटक पढिएको
  • ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ

    विराटनगर— मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ६ जनालाई पक्राउ गरेको छ।मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले मंगलबार सवारी तथा व्यक्तिको चेकजाँचका क्रममा सुनवर्षी नगरपालिका–२ का गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मियालाई ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।उता, वडा प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–२० का जीवन राई र क्रिष श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४००

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 525 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ

    झापा— झापाको बिर्तामोड नगरपालिका-१ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४० बर्षीय अजय राजवंशी रहेका छन् ।मंगलबार इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा राजवंशीलाई १२३ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 488 पटक पढिएको
  • पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार

    वीरगञ्ज— वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ ।घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो ।घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।प्रारम्भिक अनुसन्धान अनुसार घाइते र

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 475 पटक पढिएको
  • वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने

    रौतहट— धनुषा घटनालाई लिएर वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठक मंगलवार सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव जोगाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।बैठकले सामाजिक र धार्मिक सद्भावलाई दीर्घकालीन रूपमा कायम राख्न एक ’स्थायी सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ । यस संयन्त्रले आगामी दिनमा हुनसक्ने सम्भावित विवादहरूलाई समाधान गर्न र आपसी भाइचारा बलियो बनाउन काम गर्नेछ ।बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्ः१. अनुमति अनिवार्यः अबदेखि कुनै

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 602 पटक पढिएको
  • स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय

    काठमाडौं— स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत (फ्रिज) गर्ने निर्णय गरेको छ ।ती सम्पत्तिहरू गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा भेनेजुएलाली जनताको हितमा प्रयोग गरिने स्विस सरकारले जनाएको छ । स्विस संघीय सरकारले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै मादुरोसँग सम्बन्धित सबै स्विस–आधारित सम्पत्तिमा यो निर्णय तत्काल लागू हुने स्पष्ट पारेको हो ।स्वीस सरकारका अनुसार सोमबार संघीय परिषद्ले मादुरो र उनका नजिकका व्यक्तिहरूको नाममा रहेको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो । स्विस सरकारको विज्ञप्तिमा भनिएको छ,‘य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 551 पटक पढिएको
  • गोंगबुमा खैरो हेरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— टोखा नगरपालिका–९ गोंगबुस्थित एक होटलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–११ निवासी २६ वर्षीय महेन्द्र तामाङ र बागलुङ ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन्। गएराति उनीहरु दीपसागर होटलमा खैरो हेरोइन सहित पक्राउ गरेकोे प्रहरीले जनाएको छ। उनीहरूको साथबाट छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 502 पटक पढिएको
  • ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदाहरु

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ।एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। यस्ता छन् बुँदाः-२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा(विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।-आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।-आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देख

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 565 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.