काठमाडौं— टोखा नगरपालिका–९ गोंगबुस्थित एक होटलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–११ निवासी २६ वर्षीय महेन्द्र तामाङ र बागलुङ ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन्।
गएराति उनीहरु दीपसागर होटलमा खैरो हेरोइन सहित पक्राउ गरेकोे प्रहरीले जनाएको छ। उनीहरूको साथबाट छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको भनाइ छ।






































