झापा— झापाको बिर्तामोड नगरपालिका-१ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४० बर्षीय अजय राजवंशी रहेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा राजवंशीलाई १२३ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।