अपराध

    Showing 671-680 of 2,232 items.
  • चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु, प्रहरीसमक्ष श्रीमानले गरे आत्मसमर्पण

    ललितपुर — ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमानले श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।३० वर्षीय विनोद पाख्रिनले टिकाभैरव प्रहरी चौकीमा पुगेर आफूले श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार उनले मदिरा सेवनपछि भएको विवादका क्रममा रिस नियन्त्रणमा लिन नसकी चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको बताएका छन्।प्रहरी टोली घटनास्थल पुग्दा कोपिला पाख्रिनको शव खाटमा सुताएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा दुवैजनाले मदिरा सेवन गरेको र त्यसपछि विवाद बढ्दै जाँदा हत्या भएको देखिएको प्रहरीले जनाएको छ।घटना

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 554 पटक पढिएको
  • झापा, मोरङ र धनकुटाबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र गाँजासहित २ जनालाई पक्राउ गरेको छ।माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट २८ वर्षीय अरुष दासलाई पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम २७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाट क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा दमक नगरप

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 437 पटक पढिएको
  • ८२६ किलोभन्दा बढी गाँजासहित ट्रयाक्टर र ९ जना पक्राउ

    भोजपुर— भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट प्रहरीले ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजासहित एक ट्रयाक्टर र ९ जनालाई पक्राउ गरेको छ।माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्रयाक्टरलाई शंका लागि चेकजाँच गर्दा डिकीभित्र लुकाइराखिएको ४३ बोरा गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ८२६ किलो ६६० ग्राम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा आमचोक गाउँपालिका–९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर र नीरबहादुर श्रेष्ठ, धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ का सुदीप पुर्कुटी, निलकुमार मगर,

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 492 पटक पढिएको
  • पाँच सय किलो गाँजासहित दश जना पक्राउ

    काठमाडौँ। भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए । प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ । 

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 338 पटक पढिएको
  • काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा, मुख्य नाइकेलाई गोली लाग्यो

    काठमाडौं— काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गहना चोरी र एकान्तमा बसेर लुटपाट गर्दै मोटरसाइकलमा भाग्ने गरेका थिए । प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 474 पटक पढिएको
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।तत्कालीन उपकुलपति भण्डारीसहित कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थीसहित १९ जनाको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित विशेष अदालदतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले रेडियोलोजी विभागका प्रमुख डा. बोम बि.सी., बोयोमेडिकल

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 548 पटक पढिएको
  • महान्यायाधिवक्ताविरुद्ध भिडियो बनाएको आरोपमा पक्राउ परेका युवराज सफल रिहा

    काठमाडौं— महान्यायाधिवक्ताको बारेमा जथाभावी भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवराज सफल बुधबार बेलुका हाजिर जमानीमा रिहा भएका छन्।प्रहरीले उनीमाथि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि सफललाई हाजिर जमानीमा रिहा गरिएको सम्बन्धित निकायले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 534 पटक पढिएको
  • नागरिक दैनिकमा तालाबन्दीः माग पूरा नभएसम्म आन्दोलन जारी

    काठमाडौं— नेपाल पत्रकार महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ ।श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि महासंघले बुधवार तालाबन्दी गरेको हो ।महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ ।महासंघका अनुसार लामो समयदेखि संवादको पहल हुँदाहुँदै पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको हो । उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने उल्टै नेपाल पत्रकार महासंघको

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 539 पटक पढिएको
  • बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    रौतहट— बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ।घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो।घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार आज बिहान करिब ३ बजेको समयमा अज्ञात व

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 457 पटक पढिएको
  • बारामा एकै परिवारका आमा–छोराको विभत्स हत्या, दुई घाइते

    रौतहट— बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ ।बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार, अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी रहेका छन्।घाइते बाबु र छोरीको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 504 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.