अपराध

    Showing 571-580 of 2,232 items.
  • पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु २५ लाख  लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 320 पटक पढिएको
  • मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

    बागमती। मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले  गएराति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 390 पटक पढिएको
  • लागुऔषधसहित तेह्र जना पक्राउ

    काठमाडौँ। देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ । 

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 327 पटक पढिएको
  • रुकुम पश्चिममा एकै घरका दुई दिदी-बहिनीको शव फेला

    रुकुम । रुकुम पश्चिम– रुकुम पश्चिममा एकै घरका दुई दिदीबहिनीको शव फेला परेको छ भने एक अर्की किशोरी बेपत्ता रहेकी छन्। बाँफिकोट गाउँपालिका ३ भाग्लेस्थित सानीभेरी नदीमा सोही ठाउँकी १४ बर्षीया उर्मिला वली र १२ बर्षीया कल्पना वल‌ीको शव मंगलबार फेला परेको हो।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनकाअनुसार उनीहरू एकै घरका दिदीबहिनी हुन्। उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार करिब ५ सय मिटरको दुरीमा उनीहरूको शव फेला परेको हो। यस्तै स्थानीय १३ बर्षीया सपना वली बेपत्ता रहेकी छन्। उनको खोजी भइरहेको छ

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 344 पटक पढिएको
  • सुर्खेतमा १६ वर्षीया एनिशा विकको बलात्कारपछि हत्याको आशंका

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा शनिबार एक किशोरीको शव फेला परेको थियो। प्रहरी अनुसन्धानपछि उक्त शव वीरेन्द्रनगर–१ की १६ वर्षीया एनिशा विकको भएको पुष्टि भएको छ।कक्षा ११ मा अध्ययनरत एनिशा उषा बाल वाटिका माध्यमिक विद्यालयकी विद्यार्थी थिइन्। उनी शनिबार बिहान करिब ६ बजे घरबाट ुस्कुलमा प्रायोगात्मक परीक्षा दिनु भनेर निस्किएकी थिइन्। घरबाट निस्किँदा आमालाई ुछिट्टै फर्किन्छु, खाना पकाएर राख्नुु भनेकी थिइन्। तर, तीन घण्टामै उनको शव वनमा भेटियो।आमा तिला विकले भनिन्, छोरीले ममि, आज मेरो प्राक्टिकल छ। चिया खाएर जान्छुु भनिन्। म कुरेर बसेँ, तर उनी फर्किनन्। ढिलो भएपछि आमाले

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 367 पटक पढिएको
  • लागुऔषधसहित तीन जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।यसैगरी, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मङ्गलबार  पक्राउ गरिएको हो । 

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 372 पटक पढिएको
  • १३ वटा फर्ममाथि अनुमगन गर्दा दुई फर्ममाथि विभागको जरिवाना

    काठमाडौं— नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो ।यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 507 पटक पढिएको
  • बालिका हत्याको निष्पक्ष छानबिन गर्न अधिकारकर्मीहरुको माग

    सुर्खेत— यही फागुन २३ गते सुर्खेतमा एक बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन् ।मंगलबार इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लुएचआरडी, एड्भोकेसी फोरम र वाम संस्था लगायतका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।ज्ञापनपत्रमा गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा विकमाथि वीरेन्द्रनगर–४स्थित सहिद पा

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 594 पटक पढिएको
  • भन्सार छलेर ल्याएका अवैध केरा र विभिन्न सामान बरामद

    रुपन्देही— रुपन्देहीमा प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्यका सामान बरामद गरेको छ। विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब १ लाख २४ हजार रुपैयाँ बराबरको २० क्विन्टल काँचो केरा बरामद गरिएको छ। त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ मूल्यका १८० जोर लेडिज चप्पल प्रहर

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 491 पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    पर्सा— १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 596 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.