सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा शनिबार एक किशोरीको शव फेला परेको थियो। प्रहरी अनुसन्धानपछि उक्त शव वीरेन्द्रनगर–१ की १६ वर्षीया एनिशा विकको भए

को पुष्टि भएको छ।

कक्षा ११ मा अध्ययनरत एनिशा उषा बाल वाटिका माध्यमिक विद्यालयकी विद्यार्थी थिइन्। उनी शनिबार बिहान करिब ६ बजे घरबाट ुस्कुलमा प्रायोगात्मक परीक्षा दिनु भनेर निस्किएकी थिइन्। घरबाट निस्किँदा आमालाई ुछिट्टै फर्किन्छु, खाना पकाएर राख्नुु भनेकी थिइन्। तर, तीन घण्टामै उनको शव वनमा भेटियो।

आमा तिला विकले भनिन्, छोरीले ममि, आज मेरो प्राक्टिकल छ। चिया खाएर जान्छुु भनिन्। म कुरेर बसेँ, तर उनी फर्किनन्। ढिलो भएपछि आमाले विद्यालयमा फोन गर्दा शनिबार विद्यालय नखुलेको र एनिशा उपस्थित नभएको थाहा पाइन्। त्यसपछि आफन्तले खोजी गरे। केहीबेरमै वनमा एनिशाको शव भेटिएको खबर पुग्यो।

घटनास्थल पुग्दा एनिशा अचेत थिइन्। आमा तिलाका अनुसार उनको कम्मरभन्दा तल भागबाट रगत बगिरहेको थियो। ुकपाल भुत्लिएको, जिउभरि रगतै–रगत थियो। शरीर हेर्न सक्ने अवस्थामा थिएन,ु उनले बताइन्। अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे।

प्रहरी अनुसन्धानमा एनिशाले प्रेमीलाई भेट्न स्कुल जान ढाँटेर घर छाडेको खुलेको छ। उनी र वीरेन्द्रनगर–९ लाटिकोइलीका एक किशोरबीच सामाजिक सञ्जाल (वाट्सएप)मा कुराकानी हुने गरेको र प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनालाई बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ। प्रहरीले एनिशाको हत्यामा संलग्न भएको आशंकामा चार जना किशोरलाई नियन्त्रणमा लिएको छ। तीमध्ये एकजना एनिशासँगै एउटै विद्यालयमा पढ्ने प्रेमी भनिएका किशोर हुन्। अन्य तीनजना पनि शंकास्पद देखिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी महोनजंग बुढथापाले भने, ूदुई–तीन जना हाम्रो नियन्त्रणमा छन्। सोधपुछ जारी छ। नियन्त्रणमा लिइएकाहरू थपघट हुन सक्छन्।  पक्राउ परेका सबै १८ वर्षमुनिका नाबालक छन्।

आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा एनिशाको शवको पोष्टमार्टम भएको छ, तर रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।