काठमाडौं— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३
सिरहा । सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन । सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा ट्याक्टरले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो ।मृतकका भाइ अभयनाथ यादवका अनुसार घटनाका बेला रामबिलास यादव र रामप्रसाद महरा प्रत्यक्षदर्शी रहेकाले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । २३ दिनपछि दुवै जना रिहा भएका थिए । तर प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन ।मृतकका भाइ अभयनाथ भन्छन्, ‘प्रहरीले घटनाको अनुसन्धान भइरहेको
काठमाडौं— ऋण नदिएको झोकमा हिमालयन बैंक पाल्पा शाखाका ब्रान्च मेनेजरमाथि कुटपिट गर्ने एक महिला पक्राउ परेकी छन्।शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि हातपात गरेको आरोपमा ४५ वर्षीया मञ्जु रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो। बैंकमा ऋण माग गर्दा अस्वीकार भएपछि उनी आक्रोशित भई कुटपिटमा उत्रिएको बताइएको छ ।प्रहरीका अनुसार अभद्र व्यवहारको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो र थप अनुसन्धान भइरहेको छ।बैंक पक्षका अनुसार रेग्मी पहिले पनि ऋणी थिइन् र हाल फेरि ४०–४५ लाख रुपैयाँ ऋण माग्दै आएकी थिइन्। तर धितोको आधारमा ऋण दिन नमिल्ने भएपछि घटना भएको बताइएको छ ।
काठमाडौं— अवैध लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा चितवनकी ४० वर्षीया सपना गुप्ता, तनहुँका ४२ वर्षीय लुज शाक्य र २२ वर्षीय पोखराका जोशिल बानिया रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई चैत ५ गते पक्राउ गरेको थियो । काठमाडौंको सुन्धारास्थित होटल न्यु निप्पोनको कोठा नं ३०१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयको टोली त्यहाँ पुगेको थियो । त्यहाँबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयका प्रवक्ता एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।एसपी भट्टका अ
वीरगन्ज— वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो ।कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गै
काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोवार भएको थियो ।
सुर्खेत— बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ ।घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान भइरहेको र केही दिनमै टुङगोमा पुगिने बताएको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइलसहित भजाईनल स्वाब परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।‘केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतबार पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भनेकाछन, ‘यदि इरानले अहिलेको समयबाट ठीक ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्दैन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा आक्रमण गरी तिनलाई नामेट पारिदिनेछ, जसको सुरुवात सबैभन्दा ठूलो विद्युत केन्द्रबाट हुनेछ ।’यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन
गुल्मी— गुल्मीमा एक महिलाको शव फेला परेको छ। घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। मालिका गाउँपालिका– ७ घर भएका ४४ वर्षीया विमला सुनार मृत फेला परेकी हुन्। उनको शव मालिका ५ स्थित सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृत फेला परेकी महिलाको कानमा चोट देखिएको छ। प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्।उनको मृत्यु भएपछि मात्रै आफूहरुलाई जानकारी आएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि प्रहरी चौकी इस्माबाट प्रहरी टोली घटनास्थल पुगेको छ। शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको छ। ट
कञ्चनपुर— कञ्चनपुरमा ७५ वर्षीय आमाहत्याका आरोपी गर्ने ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।दोधारा चाँदनी नगरपालिका–४ स्थित माननिय चोकमा छुट्टै घरमा छोरी सँगै बस्दै आएकी ७५ वर्षीय कान्छी आमा बिन्द्राको हत्याको आरोपी हरिप्रसादमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको हो ।गत मङ्गलबार हँसिया प्रहारबाट बिन्द्राको घटनास्थलमै ज्यान गएको थियो भने, उनका ५० वर्षीय छोरी भगवती देवी माझी गम्भिर घाइते भएका थिए।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीका अनुसार, कान्छी आमाको हत्या गरेर श्रेष्ठ फरार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.