काठमाडौं— ऋण नदिएको झोकमा हिमालयन बैंक पाल्पा शाखाका ब्रान्च मेनेजरमाथि कुटपिट गर्ने एक महिला पक्राउ परेकी छन्।
शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि हातपात गरेको आरोपमा ४५ वर्षीया मञ्जु रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो। बैंकमा ऋण माग गर्दा अस्वीकार भएपछि उनी आक्रोशित भई कुटपिटमा उत्रिएको बताइएको छ ।
प्रहरीका अनुसार अभद्र व्यवहारको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो र थप अनुसन्धान भइरहेको छ।
बैंक पक्षका अनुसार रेग्मी पहिले पनि ऋणी थिइन् र हाल फेरि ४०–४५ लाख रुपैयाँ ऋण माग्दै आएकी थिइन्। तर धितोको आधारमा ऋण दिन नमिल्ने भएपछि घटना भएको बताइएको छ ।






































