अपराध

    Showing 391-400 of 2,232 items.
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन् ।यस्तै, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।पक्राउ मध्य

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 506 पटक पढिएको
  • रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

    काठमाडौं— सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार लामिछानेविरुद्धको रिट अदालतमा पेस भए पनि दर्ता भने भइनसकेको बताए । हाल सो रिट निवेदन अध्ययनकै क्रममा रहेको कोइरालाको भनाइ छ ।कानुनका विद्यार्थी आयुष बडालले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सङ्घीय संसद् सचिवालय, सभामुख, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र रवि लामिछाने स्वयंलाई विपक्षी बनाएर म

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 558 पटक पढिएको
  • चार करोड रुपैयाँभन्दा बढी रकमको अपचलन भएको आरोप सहकारीका अध्यक्ष पाठक पक्राउ

    काठमाडौं— ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।गतिशील सहकारीको चार करोड रुपैयाँभन्दा बढी रकमको अपचलन भएको आरोप उनीमाथि छ ।उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षसमेत हुन् ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 577 पटक पढिएको
  • धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

    धनुषा— जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ।मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ ।’संगठनलाई नै बदनाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ।’सामाजिक सञ्जालमा बाहिरिएको एक जबरा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 512 पटक पढिएको
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २५ वर्षीय मिथिलेश कुशवाहा, ४४ वर्षीय केदार बहादुर भण्डारी, ५३ वर्षीय राम तुला मिया र ५५ वर्षीया सुनिता खत्री रहेका छन्। आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने आश्वासन दिएर रकम असुलेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले कुवेत, पोर्चुगल र अल्बानिया पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूसँग लाखौँ रुपैयाँ लिएको तर पछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो। पक्राउपछि थप

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 546 पटक पढिएको
  • प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह

    रामेछाप— सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ ।वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । घटनाको समयमा श्रीकृष्ण थुनुवा कक्षमा एक्लै थिए ।काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी एक युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती १७ वर्षकी बालिका भएको भन्दै युवतीका परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई काठमाडौंमा पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 492 पटक पढिएको
  • रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    रौतहट— रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो ।सोमबार साँझ करिब ६ः३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 449 पटक पढिएको
  • उदयपुरमा हत्या आरोपमा वृद्ध पक्राउ

    उदयपुर— उदयपुरमा हत्या आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राई छन् ।सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार  राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए ।नगर अस्पताल बेल्टारमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 463 पटक पढिएको
  • लागूऔषध सहित ८ जना पक्राउ

    झापा—  झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं.४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50)&n

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 514 पटक पढिएको
  • मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न माग

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ ।त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षि

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 565 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.