उदयपुर— उदयपुरमा हत्या आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राई छन् ।

सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार  राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए ।

नगर अस्पताल बेल्टारमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।