झापा—  झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं.४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50)  ७८ क्याप्सुल र Dicyclomine HCL Tablets IP 20 mg  ८१ चक्की सहित पक्राउ गरेको छ । यसै गरी हिजो दिनको साँढे ३ बजे सुनसरीको कोशी गाउँपालिका २ सरदार टोल स्थितबाट ७० बर्षीय लक्ष्मी सरदार, ४२ बर्षीया देवकी सरदार र भारतिय नागरिक २६ बर्षीय सहवाज आलमलाई गाँजा ७५ किलो ३३० ग्राम सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।