अपराध

    Showing 2,031-2,040 of 2,232 items.
  • एम्बुलेन्सबाट लागु औषध बरामद

    काठमाण्डौ   ।   इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेद्वारा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौ तर्फ बिरामी लिई आएको एम्बुलेन्समा प्रतिबन्धित लागू औषध फेला पारी चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 296 पटक पढिएको
  • आमा र दुई छोरा मृत फेला

    नुवाकोट  ।   नुवाकोटमा आमा र दुई छोरा मृत अवस्थामा फेला परेका छन् ।किस्पाङ गाउँपालिका–१ नुचेतमा २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा घरभित्रै मृत फेला परेका हुन् ।घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ ।चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 428 पटक पढिएको
  • झाँक्री प्रकाश भुजेल कारागार चलान

    काठमाण्डौ  ।   सवारि ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। गएको कात्तिक २८ ( नवंबर १३)उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते ( नवंबर १३)दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका-९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका-२, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 353 पटक पढिएको
  • निर्वाचित वड़ा अध्यक्ष साह पक्राउ

    राजबिराज   ।   उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन् ।मंसिर १६ ( दिसंबर १)मा भएको उपनिर्वाचनमा जसपा नेपालवाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबार पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ ।प्राप्त स्रोतका अनुसार साहमाथि अदालतको परमादेशबाट कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ। सोही मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 429 पटक पढिएको
  • कलेज जादै गरेकी किशोरीलाई बाटो छेकेर दुर्व्यवहार गर्ने मरिक पक्राउ

    धरान   ।   सुनसरीको धरान ८ मा कलेज जान लागेको १७ वर्षीया किशोरीलाई एक पुरुषले बाटो छेकेर शारीरिक दु*र्व्यवहार गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ।कार्की थरकी  पीडित किशोरी कलेज जानको लागि साथी कुरेर उभिएकी थिइन्। एक पुरुष व्यक्तिले किशोरीलाई घेरि, पाइन्टको चेन खोली लिङ्ग पक्रेर खेदाउने धरान ८ का ३२ वर्षिय शम्भु मरिकलाई पक्राउ गरेको छ। किशोरीको चिच्चाहट सुनेर छिमेकी मिना भण्डारी र उनका श्रीमान टीका प्रसाद भण्डारीले घटनालाई देखे र शम्भु मरिकलाई समात्न प्रयास गरे। किशोरी डर र त्रासमा रही भाग्न सफल भएकी थिइन्। भोलिपल्ट पनि पुरुषले घटना दोर्हाएको दु*र्व्यवहारको प्रयास

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 414 पटक पढिएको
  • गोली हानेर धरानबाट दुई गाडी गाँजा बरामद

    सुनसरी  ।   सुनसरीको धरानस्थित शिवधाराबाट गोली हानेर प्रहरीले मंगलबार राति २ गाडी गाँजा नियन्त्रणमा लिएको छ ।लागुऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ । गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।त्यस क्रममा चालक भाग्न खोजेका थिए । चालकलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । प्रहरीले २ वटा गाडीबाट ६ सय किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ ।चालकमध्ये १ जना पक्राउ परेका छन् । अर्का फरार छन् । प्रहरीले गाडी नम्बर र चालकको नाम खुलाएको छैन

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 299 पटक पढिएको
  • एनपीएलमा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने।एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 450 पटक पढिएको
  • नक्कली सुन देखाएर ठगी गर्नेहरु पक्राउ

    मोरंग   ।    नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्जीलिङको नक्सलवारी नवकान्त जोतर शान्तिनगरका ५१ वर्षीय नारायण गुरुङ, दार्जीलिङका ३४ वर्षीय सञ्जय शर्मा, झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, झापा जिल्ला अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीण तामाङ, झापा हल्दिबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङवा र झापा तोपगाछी गाउँपालिका–१ बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 346 पटक पढिएको
  • दुई किलो सुनसहित लामा पक्राउ

    काठमाडौं— रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 378 पटक पढिएको
  • माल्टा र हङ्गेरी पठाउने भन्दै ठग्ने दुई जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका १२ बस्ने २१ वर्षीया रचना परियार र डोटीको बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।रचनाले वैदेशिक रोजगारीमा हङ्गेरी पठाइदिने भन्दै दुई जनाबाट १८ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् । यस्तै प्रकाशले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।द

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 537 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.