राजबिराज । उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन् ।
मंसिर १६ ( दिसंबर १)मा भएको उपनिर्वाचनमा जसपा नेपालवाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबार पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्राप्त स्रोतका अनुसार साहमाथि अदालतको परमादेशबाट कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ। सोही मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको छ ।