काठमाण्डौ  ।   सवारि ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

गएको कात्तिक २८ ( नवंबर १३)उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते ( नवंबर १३)दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका-९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। 

OM Sai Pathibhara Hospital

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका-२, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए। उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। अस्पतालमा भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो। दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।