नुवाकोट  ।   नुवाकोटमा आमा र दुई छोरा मृत अवस्थामा फेला परेका छन् ।किस्पाङ गाउँपालिका–१ नुचेतमा २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा घरभित्रै मृत फेला परेका हुन् ।

घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ ।

OM Sai Pathibhara Hospital

चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् ।