अपराध

    Showing 191-200 of 2,232 items.
  • अख्तियारले आरजुलाई पठाएको पत्र स्वकीय सचिवले बुझे

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पठाएको पत्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुझेका छन् । स्वकीय सचिव देउवाले आफूले अख्तियारको पत्र बुझेको बाह्रखरीलाई बताए । उनले भने, “मैले अख्तियारको पत्र बुझेको हुँ ।” बूढानीलकण्ठ नगरपालिका–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले अख्तियारको पत्र देउवाले गत मंगलबार बुझेको पुष्टि गरे । उनले भने, “उहाँहरू अहिले घरमा बस्नुहुन्न, कोही पनि छैन । महाराजगञ्जमा उहाँहरू बस्नु भएको ठाउँमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 506 पटक पढिएको
  • राहदानी घोटालामा अख्तियारको अर्को प्रहार, थप दुई जना पक्राउ

    काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।पक्राउ पर्नेमा राहदानी छपाइसँग सम्बन्धित जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाउन विशेष अदालतबाट तीन दिनको म्यादसमेत प्राप्त गरेको छ।यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी पक्राउ परिसकेका छन्। पछिल्ला पक्राउले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धान उच्च तहसम्म पुगे

    • प्रकाशित मितिः असार ३, २०८३
    • 119 पटक पढिएको
  • अध्ययनको बहानामा त्रिभुवन विश्वविद्दालयमा अर्बौंको खेल, ४ सय प्राध्यापकमाथि गम्भीर प्रश्न

    काठमाडौं।  देशकै सबैभन्दा ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयभित्र वर्षौंदेखि चलिरहेको एउटा ठूलो बेथिति अहिले पर्दाफास भएको छ। अध्ययन बिदाको सुविधा लिएर विदेश पुगेका सयौं प्राध्यापक फर्किनुपर्ने समय सकिँदा पनि नफर्किएको मात्रै होइन, राज्यको करोडौं रकम समेत जोखिममा परेको खुलासा भएको छ।छानबिन समितिको प्रतिवेदनले चकित पार्ने तथ्य बाहिर ल्याएको छ। अध्ययन बिदाको नाममा ३९८ जना प्राध्यापकले नियम उल्लंघन गरेको देखिएको छ। १९१ जना बिदा सकिएपछि सेवामै फर्किएनन् भने २०७ जनाले अध्ययन सम्पन्न गरेको प्रमाणसमेत पेश गरेका छैनन्।सबैभन्दा गम्भीर कुरा, यस प्रकरणबाट त्रिभुवन विश्वविद्यालयलाई २ अर्ब रुप

    • प्रकाशित मितिः असार ३, २०८३
    • 194 पटक पढिएको
  • क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश

    काठमाडौँ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।विशेष अदालतको आदेशमा भनिएको छ, “प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका

    • प्रकाशित मितिः असार ३, २०८३
    • 263 पटक पढिएको
  • पोखरा विमानस्थल प्रकरणमा ठूलो झड्का, पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

    काठमाडौं— विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतम लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठ को इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता तथा आर्थिक हिनामिना भएको अभियोगमा अदालतले गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको जनाएको छ।अदालतको आदेशमा मुद्दासम्बन्धी प्रमाणहरूको परीक्षण तथा मूल्याङ्कनका आधारमा अन्तिम फैसला हुने भएकाले हालका लागि प्रतिवादी गौतमलाई थुनुवा

    • प्रकाशित मितिः असार ३, २०८३
    • 487 पटक पढिएको
  • इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी

    काठमाडौं— नेपालको न्यायिक तथा वित्तीय इतिहासमै सबैभन्दा ठूलो मानिएको एक आर्थिक अपराध प्रकरणमा १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। सम्बन्धित निकायले लामो अनुसन्धानपछि दायर गरेको मुद्दामा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको निष्कर्ष निकाल्दै उक्त रकम बराबरको बिगो असुल गर्न माग गरिएको हो।अनुसन्धानका क्रममा वित्तीय अनियमितता, गैरकानुनी कारोबार तथा संगठित आर्थिक अपराधसँग सम्बन्धित विभिन्न तथ्यहरू फेला परेको जनाइएको छ। मुद्दामा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही तथा बिगो असुलीको माग गरिएको छ।१ खर्ब ५ अर्ब रुपैयाँको बिगो दाबी गरिनु आफैंमा अभूतपूर्व घटना मानिएको छ। यसले नेपालको वित

    • प्रकाशित मितिः असार ३, २०८३
    • 442 पटक पढिएको
  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल प्रधानमन्त्री कार्यालयबाट पक्राउ

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नयाँ राहदानी छपाइमा भइरहेको ढिलाइबारे छलफलका लागि बोलाइएका अर्याललाई त्यहीँबाट अख्तियारले पक्राउ गरेको हो।स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले यसअघि सोही विषयमा अख्तियारका प्रमुखसँग समेत छलफल गरेको थियो। त्यसपछि छलफलमा सहभागी हुन पुगेका अर्याललाई आयोगले पक्राउ गरेको जनाएको छ।हाल राहदानी छपाइका लागि जिम्मेवार पुरानो कम्पनीसँगको सम्झौता अवधि समाप्त भइसकेको छ। नयाँ राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनी मुलबाउर र भेरिडोस

    • प्रकाशित मितिः असार २, २०८३
    • 516 पटक पढिएको
  • प्रहरी अनुसन्धान : पशुपतिमा मोबाईल चोरीको आरोपमा बाबाको कुटपिटपछि युवकको मृत्यु

    काठमाडौं । शिवरात्रिको भोलिपल्ट पशुपतिनाथ परिसरमा शंकास्पद अवस्थामा भेटिएको एक युवकको मृत्यु प्रकरणमा प्रहरीले चार महिनापछि चकित पार्ने तथ्य सार्वजनिक गरेको छ। प्रहरीका अनुसार संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष परियारको हत्या मोबाइल चोरीको आरोप र अन्धविश्वाससँग जोडिएको घटनाबाट भएको देखिएको छ।घटनामा संलग्न रहेको आरोपमा धादिङका द्रव्यनाथ बाबा भनिने सुविन राना मगर पक्राउ परेका छन्। उनी महोत्तरीबाट पक्राउ परेका हुन्।अनुसन्धानका क्रममा शिवरात्रिमा पशुपति आएका एक भारतीय बाबाको मोबाइल हराएपछि सन्तोषमाथि चोरीको शंका गरिएको खुलेको छ। प्रहरीले सोधपुछपछि छाडेका सन्तोषलाई पछि बाबाहरूले आफ्नो नियन्त्रणमा

    • प्रकाशित मितिः असार २, २०८३
    • 238 पटक पढिएको
  • फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्युरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २, २०८३
    • 452 पटक पढिएको
  • बीवाईडी विद्युतीय गाडी फुकुवा छानबिनले दियो ‘क्लिन चिट’, नियन्त्रणमा रहेका गाडी फुकुवा

    काठमाडौं— मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन अन्ततः फुकुवा भएका छन्। प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच देखिएको मतभेद अन्त्य भएसँगै सरकारले गठन गरेको छानबिन समितिले आयात प्रक्रियामा कुनै अनियमितता नभेटिएको प्रतिवेदन दिएपछि जोमसोम र कोरलानाकामा रोकिएका गाडी सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ विद्युतीय सवारीमध्ये अधिकांशको भन्सार प्रक्रिया पूरा भइसकेको छ भने नियन्त्रणमा रहेका गाडी क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये २२३ गन्तव्यतर्फ पठाइसकिएको र बाँकी सवारीक

    • प्रकाशित मितिः असार २, २०८३
    • 550 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.