काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पठाएको पत्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुझेका छन् ।
स्वकीय सचिव देउवाले आफूले अख्तियारको पत्र बुझेको बाह्रखरीलाई बताए । उनले भने, “मैले अख्तियारको पत्र बुझेको हुँ ।”
बूढानीलकण्ठ नगरपालिका–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले अख्तियारको पत्र देउवाले गत मंगलबार बुझेको पुष्टि गरे । उनले भने, “उहाँहरू अहिले घरमा बस्नुहुन्न, कोही पनि छैन । महाराजगञ्जमा उहाँहरू बस्नु भएको ठाउँमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव बस्नु भएको छ । उहाँलाई फोन गरेँ उहाँले नै बुझनु भएको छ ।”
वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो ।






































